फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन

पाेखरा | असार २, २०८१

फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन

पोखरा:  दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजना गरेको पहिलो संस्करणको फुटसल प्रतियोगितामा एमएम एफसी टिम ‘ए’ च्यामिपयन बनेको छ ।

 

न्यू एयरपोर्ट फुटसल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा एमएम एफसी टिम ‘ए’ ले टिम  एमएम एफसी टिम ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको टिम ‘ए’ ले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको एमएम एफसी टिम ‘बि’ ले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगितामा पोखरा महानगरपालिका १५ भित्रको कुल २१ टिमको सहभागिता रहेको थियो ।

 

प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई मुख्य प्रायोजक फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीका सञ्चालक गंगा बहादुर खड्का, तथा पोखरा महानगरपालिका १५ का जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरेका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्